८ कार्तिक २०८३, आइतबार

बामदेवले ताली खानुको भित्री रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं, ३० वैशाख । रातारात केपी ओलीको सरकार जोगाएको भनेर एमालेका उपाध्यक्ष बामदेव गौतमले ताली खाइरहेका छन् ।

तर, भित्री कुरा भने अर्कै छ । जब एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई छाड्ने भनेर जवाफ दिए, त्यसपछि बालुवाटारमा जम्मा भएका एमालेका केही प्रभावशाली नेताहरूले आफ्नो हरकत देखाउन सुरु गरेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार सचिव शंकर पोखरेल, योगेश भट्टराई, उपाध्यक्ष भीम रावललगायतको समूहले सरकार जोगाउन भूमिका खेलेको थियो । यो तीन भाइको समूहले प्रचण्डको बास्तविक नसा कहा“बाट सञ्चालित छ भनेर खोजी गरी निशाना हानेका थिए । सोही कारण ओली सरकार टिकेको थियो ।

सबै चाजोपाजो मिलाएपछि ओलीले बामदेवलाई प्रचण्डसग भेट्न पठाएका थिए । प्रचण्डले पनि बामदेवलाई सकारात्मक जवाफ दिएर पठाएका हुन् ।

कुरा मिलाउने अर्कै समूह रहेको एमालेभित्रको विशेष गरेर ओली निकटको यो समूहले नै सरकार जोगाएको हो । योगेश भट्टराई नेता माधवकुमार नेपाल समूहका भए पनि सरकार जोगाउन उनले पनि ठूलो भूमिका खेलेका हुन् ।

बरु ओलीलाई सुस्तसुस्त छाड्ने तयारी गरेका बामदेवको भूमिका खासै सकारात्मक नरहेको बालुवाटारतिर गाइगुइ सुनिने गरेको छ ।

योगेशले भीम रावलका कारण सरकार बचाउन भूमिका खेलेका हुन् । सरकार जोगिए पनि ओली अझै ढुक्क छैनन् । किनभने उनले बजेटपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने आश्वासन दिएको एमाओवादीका नेताहरूले भन्न थालिसकेका छन् ।