काठमाडौं, २९ वैशाख । दुई वर्ष अगाडिको भृकुटीमण्डप (नवौँ) महाधिवेशनको अध्यक्षमा सघाउन सहमति जनाएवापत कार्यवाहक या संसदीय दलको नेता बनाइने उधारो आश्वासन पाएका वामदेव गौतमलाई फेरि केपी ओलीले उस्तै बचन दिएका छन् ।
गतहप्ता सरकारबाट हट्न खोजेको एमाओवादीलाई बिच्किन नदिन भूमिका खेल्न लगाउने क्रममा प्रधानमन्त्री ओलीले एमाले उपाध्यक्ष गौतमलाई संसदीय दलको नेता बनाइने बचन दोहोर्याएका हुन् ।
‘पार्टी अध्यक्ष चाहिँ म नै चलाउँछु । संसदीय दल तपाइँको जिम्मा, भोलि प्रधानमन्त्री बन्ने अवसर आयो भने तपाइँ नै खानुहोला ।’ ओलीको बचन उद्धृत गर्दै एमाले केन्द्रीय कार्यालय स्रोतले भन्यो ।
आफू प्रधानमन्त्रीबाट हटेपछि संसदीय दलको नेता भन्दा पार्टी अध्यक्षमा नै चार्म रहने भएर यस्तो बचन दिएको हुनसक्ने उल्लेख छ ।
यसअघि तोलाको बचन खोलामा फालिएको कारण गौतम असन्तुष्ट रहँदै आएका थिए । जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया