८ कार्तिक २०८३, आइतबार

उधारो अध्यक्षको कार्डले माओवादीमा खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-mao

काठमाडौं, २९ वैशाख । अध्यक्षको उधारो आश्वासन एक बर्षसम्म पनि पूरा नभएपछि डा. बावुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको आठ महिना नबित्दै एमाओबादीमा फेरि उधारो अध्यक्ष पदको चर्चा सुरु भएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापालाई प्रचण्डपछिको अध्यक्ष बनाउने भन्दै एमाओवादीमा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

उधारो अध्यक्षको आश्वासन पाएपछि वैद्य नेतृत्वको माओवादी फेरि फुटाउने भएका छन् ।

यसअघि नेत्रविक्रम चन्दले विभाजन गरिसकेको यो पार्टी एमाओवादीमा एकताको नाममा फेरि विभाजन हुन लागेको हो । बुधवार साप्ताहिमा समाचार छ ।