२५ कार्तिक २०८३, बुधबार

सरकारविरुद्ध विराटनगर पुगेर यसरी मुख खोले यादवले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadavविराटनगर, २९ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचनले संघीयता समाप्त हुने बताउनुभएको छ ।

विराटनगरमा आज बिहान पत्रकारसँग कुरागर्दै यादवले वर्तमान सरकारले कुनै पनि हालतमा स्थानीय चुनाव गर्न नसक्ने बताउनुभयो । ‘केपी ओली नेतृत्वको सरकारको स्थानीय निकाय निर्वाचन गराउन सक्दैन’, उहाँले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचन तयारी भनेको संघीयता समाप्त पार्ने खेल हो ।’

मुलुक संघीयताको संरचनामा अघि बढेको भन्दै यादवले प्रादेशिक सरकारलाई मात्र स्थानीय निकाय निर्माण गर्नै अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार केन्द्रीय सरकार भएकाले यसले स्थानीय निकायको निर्वाचन गराउँछ भन्नुु संघियता समाप्त पार्ने खेल हो ।’

अध्यक्ष यादवले वर्तमान सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय रुपमा विश्वास गुमाई सकेको सरकारसँगको वार्तावाट निकास निस्किदैन ।’