काठमाडौं, २९ वैशाख । जाते जाते आफ्ना मान्छेलाई रिक्त ठाउँमा नियुक्त गर्ने सोचअनुसार वित्तीय आयोगमा डा. पुष्प कँडेललाई ल्याइने भएको छ ।
उता, समाज कल्याण परिषद्मा सिपी मैनालीले उपाध्यक्ष आफ्नै मान्छे राख्ने इच्छा देखाइपछि सदस्यसचिव चाहिँँ एमालेका भागमा परेको छ ।
अख्तियारले लगाएको रोक फुकवा भएन भने सिपीले लागूऔषध दुर्व्यसनी युवाहरुको क्षेत्रमा संलग्न पूर्वएसएसपी बसन्तु कँवरलाई आफ्नो कोटाबाट नियुक्त दिनेछन् ।
दीपकुमार उपाध्ययलाई फिर्ता बोलाइएपछि रिक्त भारतको लागि नेपाली राजदूत पदका आकांक्षीहरुमध्ये पूर्व गृहमन्त्री माधव घिमिरेले निकै चर्को दौडधूप थालेपनि केपी ओलीचाहिँ प्रदीप ज्ञवालीलाई दिल्ली पठाउने सोचमा रहेको बताइन्छ ।
यता फिर्ता बोलाइएका दीपकुमार दिल्लीबाट झोलाझिम्टी बोकेर स्वदेश फर्किने तरखरमा छन् । जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया