काठमाडौं, २९ वैशाख । नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कूटनीतिक समुदायलाई ‘ब्रिफिङ’ गर्ने कार्यक्रम रहेको छ ।
सत्ता परिवर्तनमा कूटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले कूटनीतिक समुदायलाई पाँचतारे होटलमा निम्त्याएर प्रधानमन्त्री स्वयंको उपस्थितिमा नेपालको आन्तरिक मामिलाबारे जानकारी गराउन लागेको हो ।
नीति तथा कार्यक्रम र आगामी बजेटबारे समेत कूटनीतिक समुदायलाई जानकारी गराइने परराष्ट्रका अधिकारीले बताए ।
पहिला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनीहरूलाई सम्बोधन गर्ने र मन्त्रालयमा बोलाउने भनिए पनि उच्चस्तरबाटै हुनुपर्ने भन्दै प्रधानमन्त्रीले नै उनीहरूलाई उत्तर दिने गरी तयारी भएको हो ।
सरकारको कदम, स्थानीय निर्वाचन, बजेट तथा अहिलेको अवस्थाबारे उनीहरूको समेत धारणा लिने उद्देश्यले सरकारले यो कार्यक्रम राखेको हो ।
कूटनीतिक क्षेत्रमा चलेको हल्ला र यथार्थबारे प्रस्ट पार्ने उद्देश्य सरकारको रहेको ती अधिकारीले बताए ।












प्रतिक्रिया