८ कार्तिक २०८३, आइतबार

सहमति बनाएर पछि हट्नुको भित्री रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deubaकाठमाडौं, २९ वैशाख । बादलले आकार बदल्नु र प्रचण्डले कुरा बदल्नुलाई नेपालमा एकै रुपमा बुझ्ने गरिन्छ, तथापि राष्ट्रवादको हात्तीछापे आवरणमा वामगठबन्धन बनाएर खड्गप्रसाद ओलीको नेतृत्वमा राज गरिरहेका प्रचण्ड–ओलीलाई अचानक छोड्न किन राजी भए र बहत्तर घन्टाभित्र ओली नेतृत्वको सरकारलाई नरिन्तरता दिन फेरि किन तयार भए भन्ने आमजिज्ञाशाको विषय बनेको छ ।

विक्रम संवत ०६६ वैशाखमा अपमानजनक तरिकाबाट प्रधानमन्त्री पुद त्याग्न बाध्य हुनुपरेपछि प्रचण्डमा जतिसक्दो चाँडो यो देशको प्रधानमन्त्री बनेर देखाउने इच्छा प्रबल रुपमा जमेर बसेको थियो, अझै छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

त्यस बेला आफूले प्रधानमन्त्री पद त्यागेपछि अरु कोही सत्रामा आएर राज्य सञ्चालन गर्न सक्ने विश्वासउनलाई थिएन । माओवादीलाई सरकारबाट बाहिर राखेर कसैले शासन गर्न नसक्ने विश्सावमा रहका प्रचण्डले ०६६ यता प्रधानमन्त्री बन्न पटकपटक प्रकट–अप्रकट ढङ्गले प्रयास गरिरहे, तर सात वर्षदेखि उनको प्रयास सफल हुन सकिरहेको छैन ।

०७० को आमनिर्वाचन परिणामले एमाओवादीलाई नराम्रोसँग खुम्च्याइदिएपछि निराश बनेका प्रचण्ड कांग्रेस र एमालेबीच असमझदारी उत्पन्न भएपछि अलिक उत्साहित भएका हुन् ।

गत असोज ३ गते संविधान जारी गर्ने सन्दर्भमा खड्कप्रसाद ओलीसँग बनेको समझदारी र सहकार्य सरकार निर्माणको चरणसम्म (असोज २५) पुग्दा झन् कसिलो महसुस गरिएको छ, यसै अवधिमा उनले आफू प्रधानमन्त्री बन्न सक्ने छिद्र भेटे ।

छिमेकी मित्रराष्ट्र भारत ओलीस्प्रति असन्तुष्ट रहेको र नेपाली कांग्रेस पार्टी ओलीलाई विस्थापित गर्ने मानसिकतामा भएको बुझेपछि प्रचण्डले मौकामा चौका हान्ने भन्दै सोँच बनाए ।