८ कार्तिक २०८३, आइतबार

नयाँ दिल्लीमा किन टिक्दैनन् राजदूतहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepkumar-Upaddhayaकाठमाडौं, २९ वैशाख । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

चार वर्षमध्ये एक वर्ष ५ दिन मात्र कार्यकाल बित्दा उनीमाथि सरकारले विभिन्न आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

यसरी विभिन्न आरोप लगाउँदै फिर्ता बोलाइका उपाध्याय पहिलो राजदूत भने होइनन् ।

२०४६ यता भारतका लागि राजदूत नियुक्त नौ जनामध्ये आफ्नो कार्यकाल पूरा नगरी फिर्ता बोलाईका उपाध्याय आठौं राजदूत हुन् ।

प्रायः सबै राजनीतिक दल भारतसँगको सम्बन्धलाई अन्य देशसँग तुलना गर्न नमिल्ने जनाउँदै उच्च प्राथमिकतामा राखेको बताउँछन् ।

तर सरकार फेरिए लगत्तै अघिल्लो सरकारले नियुक्त गरेका राजदूत भारतबाट फिर्ता बोलाउँछन् ।

२०४६ को राजनीतिक परिवर्तनपछि सरकार निर्माणमा जुन अस्थिरता ब्याप्त रह्यो, त्यसको प्रत्यक्ष प्रभाव भारतका लागि नियुक्त राजदूतमा पनि देखिएको छ ।