काठमाडौं, २९ वैशाख । एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकारु गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् ।
भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुगाएको भन्दै त्यस्तो आरोप लगाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
गम्भीर प्रकृतिका विषयमा पार्टीभित्र गहन छलफल नहुदाँ यसते हुने गरेको उनले बताए । ुभारतको ग्रान्ड डिजाइनमा शेरबहादुर देउवामार्फत हाम्रो पार्टी नेतृत्व फसेको होु, उनले भने ।















प्रतिक्रिया