२ कार्तिक २०८३, सोमबार

कारले स्कुटीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-rautahat

वीरगन्ज (पर्सा), २० साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–८ ब्रह्मस्थान मन्दिरनजिक सोमबार दिउँसो कारले स्कुटीलाई ठक्कर दिँदा घाइते भएकामध्ये दुईजनाको उपचारका क्रममा यहाँ मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटीमा सवार महोत्तरीका ३४ वर्षीय गोपनारायण थापा र सर्लाहीकी २७ वर्षीया रत्नाकुमारी जर्घा मगर रहेका छन् । उनीहरुको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

शवपरीक्षणका लागि अहिले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१च ८८० नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना.२७प १६१२ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा कारमा सवार सर्लाही हरिवनकी ४५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, कार चालक भक्तपुरका रञ्जन श्रेष्ठ, रञ्जनकी श्रीमती सुमित्रा श्रेष्ठ, एकमहिने छोरा आरम्भ श्रेष्ठ र भक्तपुरकै अनिल दुलाल घाइते भएका हुन् ।

घाइतेहरुको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।