३० आश्विन २०८३, शुक्रबार

चिनियाँ टोलीले तत्काल १० ठाउँमा इन्धन अन्वेषण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Somprasad Panday

भक्तपुर, २८ वैशाख । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाँ टोली पुगिसकेको जनाएका छन् ।

चिनियाँ टोलीले नेपालका १० ठाउँमा रहेका इन्धनको तत्कालै अन्वेषण गर्ने जानकारी दिए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले नेपालका सात प्रदेश उद्योग विस्तारका लागि करिब ३० लाख युवालाई रोजगारी दिइने तयारी गरेको जानकारी दिए ।

सरकारले देशको सात प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उनको जिकिर थियो ।

मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिए । रासस