३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको विकासका लागि चीनबाट आयो अफर ! महानगरपालिकाको टोली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-chinaकाठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिको एक प्रतिनिधिमण्डल आज छिमेकी मित्र राष्ट्र चीन गएको छ ।

गोन्जाउ नगरको निमन्त्रणामा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको नेतृत्वमा स्थानीय निकायका विज्ञको सात सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त प्रतिनिधिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहायक प्रवक्ता राजाराम श्रेष्ठ, महानगरपालिका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की छन् ।

प्रतिनिधिमण्डलले द्विपक्षीय हित हुने गरी वाणिज्य, व्यापारलगायत क्षेत्रमा विकास तथा सहकार्यका बारेमा वार्ता गर्ने छ ।

त्यसैगरी महानगरपालिकाभित्र रहेका संरचनालाई व्यवस्थित गर्ने एवं नयाँ बन्ने संरचनालाई जोखिममुक्त तथा अत्याधुनिक र सुरक्षित बनाउनका लागि पनि छलफल गरिने छ ।

प्रस्थान गर्नुअघि नेता श्रेष्ठले त्यहाँस्थित नगरको विकास तथा विपत् व्यवस्थापनमा नगरको भूमिकाका बारेमा अध्ययन गरी दुई देशका नगरबीच सुमधुर सम्बन्ध विस्तारका लागि भ्रमण उपयोगी हुने बताए ।

उनले त्यहाँ सिकेका ज्ञानलाई काठमाडौँ महानगरको विकासमा प्रयोग गर्नका लागि नीति निर्माण गर्न सम्बन्धित स्थानमा सुझाव दिइने प्रतिबद्धता व्यक्त गरे ।

चीनको गोन्जाउ नगर अत्याधुनिक तथा विकासित सहरका रुपमा परिचित छ । सो प्रतिनिधिमण्डल सिचुवान प्रान्तको छेन्दु सहरको पनि भ्रमण गरी एक सातामा स्वदेश फर्कने छ ।