८ कार्तिक २०८३, आइतबार

एमालेभित्रै बाह्य शक्तिको ठूलो चलेखल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, २८ वैशाख । ओली सरकारको समर्थन फिर्ता लिँदै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने स्थायी समितिको निर्णय सुनाउन बालुवाटार पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गत बिहीबार प्रधानमन्त्री केपी ओलीले कड्किएर भने, ‘तपाई साँच्चै अविश्वसिलो, अपरिपक्व र अस्थितर नेता हुनुहुँदोरहेछ । वर्तमान राष्ट्रवादी गठबन्धन तोड्न रचिएको खेलको भेउ नपाएर यस्तो निर्णयमा पुग्नुभएको हो वा महत्वकांक्षा जागेर ?’

शिर निहुराएर बसेका प्रचण्डलाई प्रधानमनत्री केपी ओलीले सम्झाउँदै भने, ‘संविधान कार्यान्वयन, भूकम्पले क्षति पुगाएका संरचनाको पुनर्निर्माण –नवनिर्माण तथा मुलुकलाई आर्थिक समृद्धितर्फ डोराउने उदेश्यमा अलिकति पनि बिचलित हुन आवश्यक छैन । सरकारको नेतत्व सधैँ एमालेले नै गुर्नपर्छ भन्ने छैन । यो विषयमा मैले आफैँले सोँचेको छु । तर तपाई यसरी अस्थिर भएको देख्दा आश्चर्य लागेको छ ।’ दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

जसरी पनि वर्तमान गठबन्धन तोड्ने उदेश्यसहित थापिएको जालमा प्रचण्ड परेको देखेपछि प्रधानमन्त्री ओलीले सरकारकै नेतृत्व गर्ने रहर भए आफू आजै मन्त्रिपरिषद बैठक बोलाएर बाटो खोलिदिने र एमाओवादीलाई सरकारको नेतृत्व सुम्पने उदारता देखाए । बालुवाटार स्रोतका अनुसार त्यसपछि निकै गलेका प्रचण्ड वर्तमान सरकार ढालिसकेपछि आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले धोका दियो भने के होला ? भन्ने द्विविधाग्रस्त अवस्थामा देखिए ।

त्यसैदिन दोस्रोपटक प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता भयो । वर्तमान गठबन्धन बन्न नदिन गत असोजमा भारतले खेलेको खेल, त्यसपछिका सबै घटनाक्रम र पछिल्लो खेलबारे प्रधानमन्त्रीले राम्रोसँग सम्झाएपछि प्रचण्डले आफू ठूलो नैतिक संकटमा परेको भन्दै यो जालबाट उक्किन चाहे पनि सहज बाटो नपाएको बताए ।