८ कार्तिक २०८३, आइतबार

नक्कली शैक्षिक प्रमाणपत्रमा फसे नरेन्द्र मोदी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra_Modiनयाँदिल्ली, २८ वैशाख । भारतीय जनता पार्टी (भाजपा)ले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक (बिए) र स्नातकोत्तर (एमए) का शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको छ ।

आमआदमी पार्टीका अध्यक्ष एवं नयाँदिल्लीका मुख्यमन्त्री समेत रहेका अरबिन्द केजरीवालले प्रधानमन्त्री मोदीको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै आइरहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केजरीवालले दाबीसँगै भाजपाले मोदीका शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको हो । मोदीले बिए नयाँदिल्ली तथा एमए गुजरात विश्वविद्यालयबाट पास गरेको भाजपाले जनाएको छ ।

भाजपाले सोमबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको मोदीका शैक्षिक प्रमाणपत्रमा फरकफरक नाम उल्लेख छन् ।

मोदीले नयाँदिल्लीबाट बिए पास गरेको प्रमाणपत्रमा नरेन्द्रकुमार दामोदरदास मोदी लेखिएको छ ।

गुजरातबाट एमए पास गरेपछि प्राप्त प्रमाणपत्रमा नरेन्द्रदास मोदी राखिएको छ ।

प्रधानमन्त्री मोदीले सन् १९७७ मा बिए र १९७८ मा एमए परीक्षा उत्तीर्ण गरेका थिए ।

भाजपाका अध्यक्ष अमित शाहले मोदीका फरक नामलाई अन्यथा नलिन आग्रह गरेका छन् ।