३० आश्विन २०८३, शुक्रबार

भीभीआइपी उडान भर्नेले भाडा तिर्दैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Armyकाठमाडौं, २० साउन । सरकारी, गैरसरकारी तथा कूटनीतिक निकायले सैनिक हेलिकप्टर प्रयोग गरेबापत विगत ३ दशकदेखि भाडा तिरेका छैनन् ।

भीभीआईपी तथा अन्य उडान सेवा लिएबापत सेनाले प्रधानमन्त्री कार्यालय, मन्त्रालय, राजनीतिक दल, तत्कालीन राष्ट्रिय पञ्चायत सचिवालय, कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतबाट ६ करोड ६१ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ । बक्यौता असुल गर्न सेनाले बारम्बार सम्बन्धित निकायलाई ताकेता गरे पनि अहिलेसम्म नतिरेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले बताए ।

‘वक्यौता असुल गर्न हामीले बर्सेनि परिपत्र गरिरहेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म ३४-३५ वर्षअघिदेखिको रकम उठेको छैन् ।’

वक्यौता नउठेकै कारण महालेखापरीक्षकको कार्यालयले उक्त रकमलाई बर्सेनि बेरुजु देखाउँदै आएको समाचार आजको कारोवार दैनिकले छापेको छ । सुपरपुमा र वेलका २ वटा ग्राउन्डेड हेलिकप्टर आर्थिक अभाव देखाउँदै सेनाले बनाउन सकेको छैन् ।