२५ कार्तिक २०८३, बुधबार

अब आउने बजेट नेपालको ईतिहासमै सबैभन्दा जनमुखी बजेट हुनेः सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

serdhan rai

काठमाडौ, २७ वैशाख । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै कसैले भनेकै भरमा सरकार नछाड्ने स्पष्ट पार्दै सरकार परिवर्तनको लागि प्रक्रियाबाट गएर अविश्वासको प्रस्ताव राख्न सक्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले अहिलेको सत्तारुढ गठबन्धन सत्ताकोलागि मात्रै नभई संविधान बुझेका दलहरुको भएको उल्लेख गर्दै सहमतिको सरकार बन्ने भए एमालेसहितको बन्ने अन्यथा एमालेलाई अलग राखेर सहमति बन्नै नसक्ने ठोकुवा गरे ।

मन्त्री राईले भने, ‘राष्ट्रिय सहमतिको ढोका खुल्ला छ । सहमतिबाट कांग्रेस आफै बाहिरिएको हो । अहिले मुलुकको लागि प्रतिपक्ष आवश्यक छैन । सहमतिको सरकार बन्ने भए एमालेसहितको सरकार बन्छ । एमालेलाई अलग गरेर सहमतिको सरकार बन्न सक्दैन र त्यस्तो सरकारले राष्ट्रिय समस्याको समाधान पनि गर्न सक्दैन ।’

उनले बर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन गराउने दावी गर्दै मंसिरमा निर्वाचन गराउने कुरा नयाँ र संविधान बाहिर नभएको स्पष्ट पारे ।

मन्त्रीराईले भने, ‘मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा नयाँ र संविधान बाहिरको विषय होईन । संविधानको धारा ३०३ मा स्थानीय निकायको पुर्नसंरचना नहुन्जेलसम्मको लागि निर्वाचन गर्ने भन्ने कुरा स्पष्ट छ ।’

उनले सरकारको नीति तथा कार्यक्रम राम्रो र जनतामा आशा जगाउने खाल्को भएको भन्दै राम्रो लाग्दा लाग्दै पनि विपक्षी भएपछि आलोचना गर्नुपर्ने संस्कारको कारण बाध्यताबस आलोचना गरिएको दावी गरे ।

मन्त्री राईले नयाँ संविधानको स्प्रिटमा, सत्तारुढ गठबन्धनमा छलफल गरेर नीति तथा कार्यक्रम ल्याएको भन्दै क्याविनेटबाट सर्वसम्मतिबाट पारित हुनु यसको पुष्टि भएको बताए ।

उनले नीति तथा कार्यक्रम बन्दी बादी र कार्यान्वयन हुने खाले भएको दावी गर्दै यसले देश निर्माणको जग बसाउने विश्वास ब्यक्त गरे ।

मन्त्री राईले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने स्पष्ट पार्दै अब आउने बजेट नेपालको ईतिहासमै सबैभन्दा जनमुखी बजेट हुने ठोकुवा गरे ।