१ कार्तिक २०८३, आइतबार

ग्राहकको जमघट नै नेपाल वायु सेवा निगमको सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Delhi

– ॠषि आर अधिकारी
नयाँ दिल्ली, २७ वैशाख । नेपाल वायू सेवा निगम लिमिटेडको नियमित सेवा संचालन भएको दुई बर्ष पुरा हुनु अगावै भारतका मेट्रो शहरहरुमा देखिएको थप सेवा र सुविधा उल्लेखनीय रहेको छ ।

भारतीयहरु के त्यहि पुरानै हो र ? नेपाल एअरलाईन्स भनेर सोध्छन र हो भन्दा दंग पर्छन । विगतमा थामिएको पर्यटकीय बजार आज निगमले सजिलै माथी उकास्न सक्ने अवस्था देखिन्छ ।

बैंगलोर, मुम्बईमा आफ्ना ग्राहकहरुसँगको कार्यक्रमसहित रात्री भोज सम्पन्न गरेर नेपाल एअरलाईन्सका डाईरेक्टरसहितको टोली दिल्ली आएको छ ।

गत शुक्रबार दिल्लीको कार्यक्रममा देखिएको उल्लेखनीय जमघट प्रशंसनीय रहेको थियो । होटल द पार्कमा राखिएको कार्यक्रममा रात्रीभोजमा सरिक हुनुपूर्व एअरलाईन्सका निर्देशकस जनकराज कलाखेतीले सम्बोधनको क्रममा नेपाल र नेपाल एअरलाईन्सको बारेमा जान्न चाहेर यहाँ पाल्नुहुने सबै अतिथी पाहुनाहरुलाई हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद दिन चाहन्छु, भनेका थिए ।

त्यस्तै भारतका लागी प्रबन्धक अनिल घिमिरेले बोल्ने कुरा हाम्रो डाईरेक्टरले बोलिसक्नु भएको हुदा धेरै कुरा गर्न चाहन्न, भारतको राजधानी दिल्लीबाट नियमित ४ वटा उडानलाई बढाएर १० मा पुर्याउन सफलता प्राप्त भएकोले म खुशी छु भनेका थिए ।

उक्त कार्यक्रममा एअरलाईन्सका ग्राहक, एजेन्टहरुको अलावा नेपाली राजदूतावासको सुरक्षा निकायका काउन्सेलर देखी कुटनीतिक नियोग उप प्रमुखसहित अन्य कुटनितीक कर्मचारीहरु, पत्रकार बुद्धिजिबिहरु र रेमिटेन्स क्षेत्रमा कार्यरत एभरेष्ट बैंकका प्रतिनिधी र प्रभु बैंकका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

नेपाल एअरलाईन्सको जिएसए वर्ड ग्रुपका भाईस प्रेसिडेण्ट प्रफुल खोस्लाले संचालन गरेको सो कार्यक्रमको उद्घाटन पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डेले गरेका थिए ।

यो आर्थिक बर्षभित्र दुबई र गुन्जाओ थप गरि ९ ओटा गन्तब्यको उडान गर्ने र भारतको कोलकातामा पनि बिस्तारका लागि अध्ययन जारि रहेको भारतका लागी प्रबन्धक अनिल घिमिरे बताउँछन् ।

३ बर्षे आयोजना अन्तर्गत, वाइड बडी एयरक्राफ्ट म्यानेजमेन्ट लेवल पहल गरिरहेको र सरकार पनि सकारात्मक रहेको हुदा उक्त प्रणाली भएको खण्डमा मध्य पूर्वी, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतमा समेत उडान गर्ने योजना चलिरहेको घिमिरे बताउँछन ।

कार्यक्रममा लक्की ड्र मार्फत ३ जनालाई काठमान्डुको लागि टु वे टिकट प्रदान गरिएको थियो ।