काठमाडौं, २७ वैशाख । कर छलि गर्नेहरुको पर्दाफास गर्ने पनामा पेपर्स लिक काण्डमा मुछिएका १३ जना नेपालीहरुको नाम आज सार्वजनिक गरिएको छ ।
खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आईसिआइजे)ले सोमबार (आज) नेपालबाट कर छलि गरेर कर छुट हुने अफसोर देशरुहमा छायाँ कम्पनीहरुमार्फत लगानी गरेका १३ जना नेपालीहरुको नाम सार्वजनिक गरेको छ ।
आईसिआइजेको सार्वजनिक गरेका नामहरु उल्लेख गर्दै नेपालको अंग्रेजी पत्रिका द हिमालय टाइम्समा प्रकाशित समाचार अनुसार यो काण्डमा मुछिएका भारतका थप र यसअघि नाम नखुलाइएका नेपाल १३ जनाको नाम खुलाइएको छ ।
समाचार अनुसार यो काण्डमा नेपालबाट सरकारी अफिसर, शिक्षक, राजनीतिज्ञले कर छलि गरेर विदेशमा लगानी गरेको पाइएको छ ।
हेर्नुस् नेपालबाट को–को परे ?
विजेन्द्र जोशी
विजेशकुमार टोडी अग्रवाल
विमल काजी ताम्राकार
विनु श्रेष्ठ
विश्व वरसिंह थापा
विश्व धर तुलाधर
डा. श्याम बहादुर कर्मचार्य
हरिश कुमार टोडी
प्रोफेसर सतेन्द्र कुमार गुप्ता
राजेन्द्र कुमार कर्बा
रेनुका प्रधान
रेखा कर्बा
शशीकान्त अग्रवाल
यी १३ जनामध्ये केही विराटनगर मोरङ ठेगाना भएका र अरु सबै राजधानी काठमाडौं ठेगाना भएको समाचारमा उल्लेख छ ।













प्रतिक्रिया