१ कार्तिक २०८३, शनिबार

कोलकत्ताद्वारा नाइट राइडर्स पाँच विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-T20-IPL-IND-KOLKATA-GUJARATमुम्बई, २७ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात लायन्सले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै गुजरात शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकत्ताले प्रस्तुत गरेको १५९ रनको लक्ष्य गुजरातले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि दिनेश कार्तिकले ५१ रन बनाए । २९ बलको सामना गरेका उनले ८ चौका र एक छक्का हाने ।

ब्रान्डन म्याकलम र एरोन फिन्च ले समान २९ रन जोडे भने डवेन स्मिथले २७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसको सुरुवात निकै खराब थियो । सुरुवाति ६ ओभरमा २४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।

तर, सकिल अल हसन र युसुफ पठानले पारी सम्हाले । सकिव ६६ र पठान ६३ रनमा अविजित रहे ।

जितसँगै गुजरात ११ खेलबाट १४ अंकसहिथ शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट १२ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा छ । – एजेन्सी