काठमाडौं, २७ वैशाख । संघीय गठबन्धनले आफ्नो आन्दोलनको तयारी र योजनाका विषयमा आज समीक्षा गर्दैछ ।
मध्यान्ह काठमाडौंका तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकले आन्दोलनको समीक्षा गर्नेछ । आन्दोलनले गति लिन नसकेको आरोप लागिरहेका बेला गठबन्धनको सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा जेठ २ गते सिंहदरबार घेराउका विषयमा भएको तयारी र रणनीतिका विषयमा पनि छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।












प्रतिक्रिया