२५ कार्तिक २०८३, बुधबार

सरकारले चिनेन संघीय गठबन्धन, वार्ताको पत्र पठाउँदा मधेसवादी दलका नेता झन फायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaकाठमाडौं, २६ वैशाख । नेपाल सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन फेरि पत्र पठाएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको वचन र हिजै सरकारी वार्ता टोलीका संयोजक उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले दिनु भएको जानकारी अनुसार आज मधेसी मोर्चालाई वार्तामा बस्न आह्वान गर्दै पत्र पठाएको छ ।

वार्ता टोलीका संयोजकको हैसियतले परराष्ट्रमन्त्री कमल थापाले पत्र लेख्दै सरकारले नयां संविधानमा गरेको संविधान संसोधनले मधेशी मोर्चाको अधिकांश मांग सम्बोधन भई सकेको र सीमांकन लगायत अन्य केही विषयमा सहमति जुटाउन वार्तामै एकमात्र विकल्प रहेको भन्दै वार्तामा आउन आग्रह गरेका छन् ।

यद्यपी सरकारले पठाएको पत्रमा वार्ताको न त मिति नै तोकिएको छ न स्थानको बारेमा नै केही भनिएको छ । थापाले आपसी सहमतिमा पछि समय र स्थान तोक्ने पत्रमा उल्लेख गरेका छन् ।

संघीय गठबन्धन भनेको के हो ?

सरकारले वार्ताका लागि निष्क्रिय भईसकेको मधेसी मोर्चालाई पत्र पठाएको छ । जबकि अहिले संघीय गठबन्धनको नाउंमा आन्दोलन भईरहेको छ । तर, सरकारलाई संघीय गठबन्धन भनेको के हो भन्ने थाहा छैन । वार्ताको जिम्मा पाएका परराष्ट्रमन्त्रीका कर्मचारीहरूलाई संघीय गठबन्धन भनेको के हो ? यो कहिले बन्यो ? यसले के काम गर्छ ? यसमा को–को छ ? भन्ने कुरा पट्टकै थाहा छैन । सरकारले मधेशी मोर्चालाई सम्बोधन गर्दै पत्र पठाएकोप्रति गठबन्धनमा आबद्ध नेताहरू रिसाएका छन् । उनीहरूले संघीय गठबन्धनलाई पत्र नपठाएसम्म वार्तामा नजाने अडान लिएका छन् ।

मोर्चा ७ दलको कहिले भयो ?
सरकारले मधेशी मोर्चामा आबद्ध ७ मध्ये ४ दलको नाउंमा मात्रै पत्र पठाएको छ। पत्र लिएर मधेशी दलको कार्यालयमा आएका कर्मचारीलाईो प्रश्न गर्दा कि ७ मध्ये ४ दललाई मात्रै किन पत्र पठाएको ? उल्टै कर्मचारीले मधेसी मोर्चा कहिले ७ दलको भयो र ? कुन कुन दल यसमा थपेका छन ? भन्ने प्रश्न गरेका थिए ?