१ कार्तिक २०८३, आइतबार

आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत पाँचौं हप्ताको विजेता घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IME-kyodaiकाठमाडौं, २६ वैशाख । विश्वभरबाट रकम आदान प्रदान गर्ने कम्पनी आईएमई र जापानस्थित क्योदाई रेमिटेन्सको सहकार्यमा जापानमा रहेका नेपालीहरुका लागि ल्याइएको उपहार योजनाको पाँचौं हप्ताको विजेता घोषित हुन भएको छ ।

योजना अन्तर्गत ट्रान्जेक्शन नम्बर ९०८०१८४८१५का जीत बहादुर थापाले जापान–नेपालका लागि एउटा राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा प्राप्त गरे ।

आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो ।

क्योदाई जापान र आईएमई लिमिटेडले हरेक हप्ता सफ्टवेर पद्वातिमा आधारित गोलाप्रथाबाट उक्त नतिजा सार्वजनिक गर्दै आएको छ ।

यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ड्रमा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउण्ड ट्रिप टिकेट जित्न सक्नुहुनेछ ।