८ कार्तिक २०८३, आइतबार

कांग्रेसका मुख्यसचिवले राजीनामा दिए, पौडेललाई नियुक्त गर्दै देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rishikesh_Tiwari_nepali_Congress
ऋषिकेश तिवारी

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् ।
तिवारीले आइतबारदेखि लागू हुने गरी शनिबार राजीनामा दिएका हुन् ।

तत्कालिन सभापति सुशील कोइरालाले मुख्यसचिवमा नियुक्त गरेका तिवारी सभापतिमा शेरबहादुर देउवा विजयी भएपछि राजीनामा गर्ने तयारीमा थिए ।

कांग्रेस स्रोतका अनुसार सभापति देउवाले मुख्यसचिवमा नेपाल शिक्षक संघमा लामो समय क्रियाशील रही कांग्रेस राजनीतिमा लागेका स्याङ्जाका कृष्ण पौडेललाई नियुक्ती गर्ने तयारी गरेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ ।