काठमाडौं, २६ वैशाख । संघीय गठबन्धनको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चयान भएपछि विवाद हुँदै आएको छ ।
गठबन्धनको संयोजकका विषयमा सद्भावना पार्टी अनभिज्ञता जनाएको छ । सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले गठबन्धनको संयोज को बनेको आफूलाई थाहा नभएको बताउनुभयो । ‘संघीय गठबन्धनको संयोजक को बन्यौ मलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘आन्दोलनलाई संयुक्त रुपमा सबैले नेतृत्व गर्ने हो ।’
हालैसम्मपन्न संघीय गठबन्धनको बैठकले यादवलाई संयोजक बनाउने निर्णय गरेको थियो । तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी यादवलाई संयोजक बनाउने प्रस्तावको विपक्षमा छन् ।
संयुक्त रुपमा आन्दोलन गर्दै आएको गठबन्धनले जेठ २ गते सिंहदरबार घेराउ गर्दैछ ।












प्रतिक्रिया