२५ कार्तिक २०८३, बुधबार

प्यूठानमा जीप दुर्घटना, तुलसीपुरका ३ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeep Accidentप्यूठान, २६ वैशाख । स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्कदै गरेको जिप प्यूठान जिल्लाको भिङ्ग्रीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे ३ बजे भिङ्ग्री– १ मा दाङतर्फ फर्कदै गरेको बा १४ च ३८३९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जिप वर्षाका कारण सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङ तुलसीपुर– १९ की १९ वर्षीया बिमला खनाल, सोही ठाउँकी १३ वर्षीया अस्मिता खनाल र ५० वर्षीय सुकदेव खनाल रहेका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारको लागि कोहलपुर पठाइएको छ । जिप चालकलाई इलाका प्रहरी कार्यालय भिङ्ग्रीले नियन्त्रणमा लिएको छ ।