१ कार्तिक २०८३, आइतबार

गुल्मीका कृषकले कृषिमा यान्त्रिकरणको प्रयोग वढउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1– अनिल खत्री

गुल्मी, २६ वैशाख । कृषिमा यान्त्रिकरण प्रयोगमा गुल्मीका कृषकहरूको माग वढ्दै गएको छ । छिटो छरितो तरिकाबाट कृषिलाई व्यवस्थित तरिकाले कृषिवस्तु उत्पादन गर्न कृषकहरुले यान्त्रिकरण प्रयोगमा माग वढ्दै गएको हो ।

कृषकहरुले खेतबारी जोत्न गोरु पाउन छोडेपछि जोत्नका लागि ट्याक्टर प्रयोग गर्न थाले सँगै माग वढ्दै गएको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ ।

ट्याक्टरबाट जोत्दा छिटो पनि हुनेहुँदा यो प्रबिधितर्फ कृषकहरु आकर्षित भएको जिल्ला कृषि बिकास कार्यलय गुल्मीका प्राविधिक सहायक सोमबहादुर रानाले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न स्थानका कृषकहरुलाई एक कार्यक्रमका बीच १० वटा ट्याक्टर बितरण गरिएको थियो ।

जिल्लाका बिभिन्न स्थानका व्यवसायिक कृषक तथा कृषि समूहलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेल र स्थानीय बिकास अधिकारी डिलाराम पन्थीले संयुक्त रुपमा कृषकहरुलाई हस्तातरण गर्नुभएको थियो ।

कुल रु ८५ हजार पर्ने ट्याक्टरलाई व्यवसायिक कृषक तथा कृषि समूहलाई ५० प्रतिशत छुटमा रु ४२ हजार ५ सयमा कृषकहरुलाई बितरण गरिँदै आएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका वरिष्ठ कृषि बिकास अधिकृत चेतनारायण पाण्डेले जानकारी दिनुभयो ।