८ कार्तिक २०८३, आइतबार

तेल चोर को–को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Tanker Nepal  Chorकाठमाडौं, २६ वैशाख । मापदण्डअनुसारको नापतौल उपकरण प्रयोग गरी पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको क्यालिब्रेसन नगर्दा प्रत्येक ट्यांकरबाट तेल चोरी हुने गरेको छ ।

चालक, ढुवानी व्यावसायी र कर्मचारीको मिलेमतोमा गलत क्यालिब्रेसन देखाई तेल चोरी भइरहे पनि नियन्त्रण गर्नमा निगम व्यवस्थापन उदासीन देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यति मात्रै होइन, विभिन्न सरकारी निकायले पटकपटक ताकेता गरे पनि आयल निगमले सही क्यालिब्रेसन प्रयोग गर्न अस्वीकार गर्दै आएको छ ।

सरकारले व्यापारिक नाप र तौलका लागि ऐन बनाएर सही मापन दिने औजारसमेत राखेको छ ।

ती औजारबाट इन्धन बोकेका ट्यांकरको क्यालिब्रसेन जाँच्न ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ ले तोकेको छ ।

तर, सही तौल आउने डरका कारण तेल बोक्ने ट्यांकरको गुणस्तर तथा नापतौल विभागमा क्यालिब्रेसन गराउने गरिएको छैन ।

ट्यांकर चालक र ढुवानी व्यवसायीले भारतीय मापदण्डको क्यालिब्रेसन भन्दै प्रत्येक ट्यांकरमा कम तेल ल्याएर निगमको विभिन्न डिपोमा खन्याइरहेका छन् ।

निगमले कम तेल बुझ्दै आए पनि सरकारी मापदण्डको क्यालिब्रेसन गर्न नमानेर ‘तेल चोर’लाई साथ दिँदै भारतीय क्यालिब्रेसन नै ठीक भएको तर्क गर्दै आएको छ ।

यसरी कम आएको तेललाई निगमले तापक्रम, कार्यगत, प्राविधिकलगायतका शीर्षकमा नोक्सानी देखाउने गरेको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले क्यालिब्रेसन सुधार गर्न खोजिरहेको बताए । ‘हामीले क्यालिब्रेसनमा सुधार गर्न खोजिरहेका छौँ ।

खासगरी भारतीय आयल कर्पोरेसन (आइओसी) र गुणस्तर तथा नापतौल विभागको क्यालिब्रेसनलाई पनि तुलना गर्न खोजिरहेका छौँ’, उनले भने, ‘किनभने दुवै निकायको क्यालिब्रेसनमा कतै–कतै फरक आइरहेको छ, त्यसैले सही कुन हो र कुनचाहिँ राख्ने उद्देश्यले एउटा समिति बनाएर काम सुरु गर्न लागेका छौँ ।