१ कार्तिक २०८३, शनिबार

पाँचथरको वडास्तरीय फुटबलको उपाधि वडा नम्बर १ लाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cup-pachthar– कृष्ण ओझा
पाँचथर, २५ वैशाख । पाँचथरको फिदिम नगरपालिकाले दोस्रो स्थापना दिवसको अवशरमा आयोजना गरेको वडास्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।

फिदिम उच्च माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४ विरुद्ध १–० गोल अन्तरको कठिन जीत निकाल्दै वडा नम्बर १ ले उपाधि चुमेको हो ।

वडा नम्बर १ को लागि खेलको २६ औं मिनेटमा सञ्जु तामाङले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा वडा नम्बर ४ ले हार व्यहोर्नु पर्यो । खेलको म्यान अफ् दि म्याच वडा नम्बर १ का जीवन भण्डारी भए ।

जीत सँगै वडा नम्बर १ ले नगद २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेतामा सिमित बन्न पुगेको वडा नम्बर ४ ले नगद १० हजार ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विजेता टिमलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले पुरस्कार वितरण गरेका थिए । अखिल नेपाल फुटवल संघ (एन्फा) पाँचथरको प्राविधिक सहयोगमा फिदिम नगरपालिकाले आयोजना गरेको प्रतियोगिता वैशाख २० गते सुरु भएको थियो ।

यसैबीच शनिबार नै फिदिम स्पोर्टिङ क्लवका पूर्व खेलाडि र कर्मचारी–११ बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता समेत सम्पन्न भएको छ ।

प्रतियोगितामा पूर्व खेलाडिहरुको टिमले कर्मचारी टिमलाई ट्राइब्रेकरमा ६ का विरुद्ध ७ गोल गर्दै पराजीत गरेको छ ।

उक्त मैत्रिपूर्ण प्रतियोगितामा जीतेको नगद १५ हजार भने फिदिम स्पोर्टिङ क्लवका पूर्व खेलाडिहरुले केही दिन अघि जिल्लाको स्याबरुम्बा गाविसमा भएको आगलागि पीडितलाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।