२५ कार्तिक २०८३, बुधबार

सशस्त्रमा दुई डीआईजी बढुवा, को बन्छ भावी आईजीपी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shailendra_Khanal-APF_557319568
एआईजीमा बढुवा भएका शैलेन्द्र खनाल

काठमाडौं, २५ वैशाख । सशस्त्र प्रहरी बलका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीको बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले डीआईजीद्धय शैलेन्द्र खनाल र जितबहादुर पुनलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

खनाल अहिले सशस्त्र प्रहरीका प्रवक्ता समेत हुन् ।

को बन्छ भावी आईजीपी ?

एआईजीमा बढुवा सिफारिस भएसँगै भावी आईजीपीमा शैलेन्द्र खनालकै टुंगो लागेको छ । ९ महिनापछि २०७३ फागुन ३ गते जीतबहादुर पुनले वर्तमान आइजीपी दुर्जकुमार राईसँगै उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन् । र एआईजी सिंहबहादुर श्रेष्ठ एक वर्ष आइजीपी हुनेछन् । त्यसपछि खनाल सशस्त्र प्रहरीको प्रमुख बन्ने निश्चित भएको छ । आफ्ना प्रतिस्पर्धीहरु पुष्पराम केसी र नारायणबाबु थापालाई पछि पार्दै खनाल एआईजीमा बढुवाका लागि सिफारिस भएपछि आईजीपीको बाटो समेत खुलेको हो ।

Shailendra Khanal-APF-1