८ कार्तिक २०८३, आइतबार

एमाओवादी अध्यक्ष प्रचण्ड एकाएक गायब !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, २५ वैशाख । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासदहरु निर्धारित सममा उपस्थित भइसकेका थिए ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरुले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्कमल दाहालको कुर्सितिर निरन्तर आँखा लगाइरहे । उनीहरु सायद चार दिनयता नेपालको राजनीतिमा उठकेका प्रश्नहरुको उत्तर दाहालकै मुखबाट सुन्न चाहन्थे ।

तर, उनीहरुको यो चाहना पूरा हुन पाएन । अध्यक्ष दाहाल उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो । बैठक अवधिभर उनीहरुले एकआपसमा खासखुस गर्दै प्रश्न गरे– ‘अध्यक्ष दाहाल खै ?’ अन्नपूर्ण पोष्टमा समाचार छ ।