१ कार्तिक २०८३, शनिबार

फुटबल खेल्दा खेल्दै लडेका डिन बुचरेष्टको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Patrick-Ekengलन्डन, २५ वैशाख । खेलका क्रममा मैदानमा लडेका डिनामा बुचरेष्ट तथा क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको निधन भएको छ ।

रोमानिया लिग अन्तर्गत डिनामो र भिआइटोरलको बीचका खेलको क्रममा इकेङ ७० औं मिनेटमा मैदानमा लड्न पुगेका थिए ।

हृदयघात भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, झण्डै २ घन्टा नवित्दै उनको निधन भएको छ ।

यो घटना विश्व फुटबलका लागि दुःखद भन्दै खेलाडी, प्रशिक्षक लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् । – एजेन्सी