– बसन्त खड्का
कसैले उपहार दिएको १० रुपैयाको विउबाट १ क्न्टिल च्याउ विक्रि गर्ने क्षमता बन्ला भन्ने उनलाई लागेको थिएन् । अरुको काम गरेर गुजरा चलाउदै गर्दा आफनै कार चढिएला भन्ने पनि उनलाई लागेको थिएन् ।
सिन्धुलीबाट बसाइसराई गरेर आएको ठाउँमा समेत छिमेकिहरुले राम्रोसँग नचिनेको अवस्थामा देशको नमुना कृषक वनिएला भन्ने पनि थिएन आफनो विगत सम्झदा अहिले उनलाई एकादेशको दन्ते कथा जस्तै लाग्ने गरेको उनी बताउँछन् । २०४४ सालमा सिन्धुलीको दुधौली नगरपालीका २ मा जन्मिएका इन्द्रबहादुर कालिकोटेको वाल्यकाल दःख मै वित्यो उनको परिवार मध्यम वर्गको भए पनि आर्थिक अभावले कक्षा १० सम्मको मात्र अध्ययन गर्न पाएका कालिकोटे घरको कान्छो छोरा भएपनि तर पारिवारिक दायित्व र कर्तव्य उनलाई धेरै नै थियो । परिवारलाई नियमित खर्च चलाउन समस्या परेपछि कालिकोटे कामको खोजीमा काठमाडौ छिरे २ वर्षको काठमाडौ बसाईपछि उनी कर्णालीको विकट जिल्ला तरेला र माम्रा गाविसमा कर्णाली हट इङलिस बोर्डिङका सँस्थापक भएका थिए । त्यहा उनको स्वास्थ्यको कारणले उनलाई समस्या परेपछि उनी काठमाडौ तिर नै फर्किए काठमाडोमा हाज्मा कन्सट्रक्सनमा सुपरभाइजर भएर ३ वर्ष हाज्मा कम्पनीमा काम गरे पछि यो सँगसँगै बाख्रापालन सुरु गरेर बाख्रापालनबाट घरायसस् खर्च चलाएको कालिकोटे बताउँछन् ।
०६६ सालमा उनको प्रेम विवाह भयो विवाह सँगै उनी अझ केहि नयाँ ढँगले काम सुरुवात गर्नु पर्छ भनेर फेरि श्रीमतीसहति काठमाडौमा स्थान्तरण भए । अहिले उनी बुढानिलकण्ठको ओखल गाउँमा कृषि उन्मुख बनेका छन् । तर उनलाई कृषिमा पहिला देखि नै इच्छा भएकालेउनी कृषि पेसामा नै लागी रहे । तर पनि गाउँमा भने जस्ता कृषि सामाग्री पत्रपत्रिका एफ एम रेडियो नभएपछि उनी नेपाल रेडियोबाट कुषि कार्यक्रम प्रत्येक दिन नछुटाएर सुन्ने गर्थे । उनले कृषि आफनो जीवनको दरिलो र भरपर्दो आधार भएकाले मेरो लागी च्याउखेती र अन्य कृषि पेसा लाभदायक भएको बताउँछन् । सूरुमा काम सुरु गर्दा राम्रै उत्पादन भएपछि उनको वारिमा आएर नै च्याउ लिने गर्थे । अहिलेसम्म च्याउखेति गर्नकै लागी १५लाख लगानी गरिसकेका छन् ।प्रत्यक्ष अप्रत्यक्ष रुपमा १३ जनाले समेत रोजगारी पाएका छन् भने वार्षिक २५ लाख च्याउखेतिबाटै नै आम्दानी हुने गरेको छे च्याउ खेतीसँगै उनले माछापालन तरकारी खेती पनि सुरु गरेका छन् । तीनवटा पोखरीमा २४ हजार भुरा माछा पालेका छन् माछा ४ महिना पछि विक्रि हुने गरेकाले ४ महिनामा माछावाट १५ लाख आम्दानी हुने गरेको छ । उत्पादन गरेका माछा च्याउ काठमाडौमा मात्र नभएर यसका आसपासका जिल्लामा समेत जाने गरेका छन् ।

सुरु सुरुमा व्यवसाय गर्दा रिण माग्नु पर्दा कसैले पनि नपत्याउने भएकाले अहिले भने जो सुकैले पनि हामिलाई रिण उपलव्ध गराईदिन्छन् । केहि समय यता उनले च्याउको विउसमेत उत्पादन गरेर विक्रि गर्ने गरेको बताउदै च्याउको विउ किन्न धेरै मानिसहरु अहिले वारिमा नै आउने गरेको बताउछन् । च्याउखेति हेर्न र बुझनका लागी काठमाडौ भन्दा पनि बाहिर जिल्लाबाट आगन्तुकहरु दैनिकि जसो आउने गरेका छन् । अहिलेसम्म २०० भन्दा वढि टोलीहरुले भम्रण गरिसकेका छन् । २०६९ सालदेखि अहिलेसम्म १६० भन्दा बढिलाई च्याउको विउ विक्रि वितरण पनि गरेको बताए । दुःख मिहिनत केहि नगरि केहि नहुने बताउदै कालिकोटेले लाखौ रुपैया लगानी गरेर विदेश जाने युवा यस्तै कृषि च्याउखेती माछापालनमा लाग्ने हो भने आफनो करिअरसँगै अरु साथिभाईहरुको पनि भविष्य निर्माण गर्न सकिन्छ ।
१ लाख रुपैया लगानी गरेर खाडी मुलुक जानुभन्दा पनि त्यो एक लाख नेपालमा लगानी गरियो भने हरेक महिनामा ५० हजार आम्दानी गर्ने सरल उपाय च्याउ खेती नै रहेको र नेपालका युवा वर्गहरुलाई भविष्यमा मार्गनिर्देशन गर्न सरल हुने भएकाले नेपालमा नै केहि न केहि गरेर काम गरियो भने विदेशमा वगाउने पसिना भन्दा पनि स्वदेशमा बगाएको पसिना र मिहिनतको मूल्य वढि हुन्छ ।















प्रतिक्रिया