३० आश्विन २०८३, शुक्रबार

ग्यास उत्खनन गर्ने चिनियाँ विज्ञ टोली नेपालमा, दैलेखबाट ग्यास निकाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas-khani-Dailekh

काठमाडौं, २४ वैशाख । ग्यास खानी उत्खनन गर्ने चिनियाँ टोली दैलेख प्रस्थान गरेको छ ।

दैलेखमा भेटिएको सम्भावित ग्यासखानीको स्थलगत अध्ययनका लागि चिनियाँ विज्ञसहितको टोली शुक्रबार दैलेख प्रस्थान गरेको हो । टोलीमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेपनि सहभागी छन् ।

नेपाल सरकार र चिनियाँ सरकारबिच भएको सम्झौताअनुसार काम सुरु गर्न चिनियाँ टोली नेपाल आएको र सो कार्यको सुरुवात दैलेखबाट गर्न लागेको मन्त्री पाण्डेले जानकारी दिए ।

Chines-team-nes-of-Dailakha_415955769
चिनियाँ विज्ञ टोली

चीन सरकारसँग भएको सम्झौताअनुसार नेपालमा रहेको खानीहरुमा रहेको भण्डारण क्षमता पत्ता लगाउने र सम्भव भएमा उत्खनन्मा समेत सहयोग गर्ने कार्ययोजनाका साथ चीन सरकारको प्रतिनीधि मण्डल सम्झौता भएको एक महिनामै नेपाल आएको हो ।

टोलीमा चीन सरकारको तर्फबाट बरिष्ठ जीयोलोजिष्ट ज्याङ्ग दाक्युनलगायत ६ जना वैज्ञानिकहरुको सहभागिता छ । विज्ञ टोलीले जिपियस जियोलोजिष्ट सिस्टमबाट अध्ययन गरी भण्डारण पत्ता लगाउने खानी विभागका पेट्रोलियम अन्वेषण शाखा प्रमुख सहसचिव सुधिर रजौरियाले जानकारी दिए ।

टोलीले दैलेखलगायत चुरे पहाड रेन्जका पाल्पा, धरानको चतरालगायतका स्थानमा २५ दिनसम्म अध्ययन गर्ने र अध्ययनपछि पत्ता लाग्ने परिमाणका आधारमा उत्खनन् गर्ने वा नगर्ने निर्णय गरिने खानी विभागले जनाएको छ ।