– भोबिन्द्र शाह
बाजुरा, २४ वैशाख । बाजुराका स्थानीय बजारहरुमा ब्यापारीहरुले मूल्य सूची बिनै खुलेयाम कारोबार गर्दै आइरहेका छन् । जसले गर्दा स्थानीय उपभोक्ताहरुले हैरानी मात्र हैन महंगो मुल्य तिर्नपरेको छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार ब्यापारीहरुले अनिबार्य रुपमा मूल्य सूची राख्नुपर्ने, बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक उपभोग्य वस्तुको थोक र खुद्रा मूल्य स्पष्ट रूपमा अंकित मूल्य सूची बिक्री स्थलमा सबैले देख्ने ठाउँमा राख्नपर्ने प्राबधान भएको भएपनि सो ऐन ब्यबहारिक रुपमा लागु हुन नसकेको कानुन ब्यबसायी गगन रावलले बताएका छन् । १ नगरपालिका र २४ गाविस भएको बाजुरामा पसल पिछे नै दर रेट नै नराखी फरक फरक मुल्यमा सामग्री बिक्रि बितरण गर्ने गरेको बनपा १० का बल बहादुर रावलले बताए ।
कारोबार ब्यबसायिक फर्मको नाम एउटा र काम अर्कै राखेर ब्यबसायीहरुले काराबारो गर्ने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । जस्तै स्टेशनरी पसलमा खुद्रा कारोबार हुनु, फेन्सी पसलहरुमा खाद्यान्न लगायतका सामानहरु बिक्रि मदिरा स्टोरमा तरकारी तथा फलफुल बिक्रि बितरण हुदै आएको बाँधु गाविसका कर्णबहादुर रावलले बताए ।
आफुहरुले ब्यापारीहरुलाई पटक पटक सचेत गर्दा पनि नमानेको उधोग बाणिज्य संघका अध्यक्ष देब बहादुर रोकायाले बताए । जिल्लामा बढ्दै गइरहेको कालाबजारी नियन्त्रणमा स्थानीय प्रशासनले चासोन देखाउदा उपभोक्तहरुले दुख ब्यहोर्नुृ परेको गुदुखाती गाविसका दिपक रावतले गुनासो गरेका छन । जिल्ला प्रशासन कार्यालय बाजुराले तीन महिनाको एक पटक अनुगमन गर्ने गरेको सहायक प्रमुख जिल्ला अकिारी भीम बहादुर शाहीले बताए ।
अनुगमनका क्रममा म्याद नागेका खाद्य पदार्थ, औषधी लगाएतका सामग्री बरामत गरी नष्ठ पार्ने जस्ता काममा जिल्ला प्रशासन कार्यालय गर्ने गरेको समेत शाहीले बताएका छन ।
कानुन बिपरित काम गर्ने गराउनेलाई ३ बर्ष कैद र ५० हजार जरिवाना गर्ने ब्यबस्था कानुमा उल्लेख भएपनि ब्यबहारिक रुपमा लागु हुन नसकेको बताइएको छ ।















प्रतिक्रिया