२५ कार्तिक २०८३, बुधबार

सरकार बनाउने खेलमा नलाग्न गच्छदारको यसरी आयो कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vijaya-kumarविराटनगर, २४ वैशाख । उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको राजनीतिलाई सुरक्षित अवतरण गर्न राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको बताउनुभएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा गच्छादारले वहुमतको सरकारवाट वर्तमान समस्या समाधान नहुने भन्दै राष्ट्रिय सहमतिको सरकार आवस्यक रहेको बताउनुभयो । ‘बहुमतको सरकार बनाउने खेलमा लाग्नुभन्दा सहमतीय सरकारको पक्षमा लाग्नु पर्छ’, उहाँले भन्नुभयो ।

फोरम लोकतान्त्रिक पार्टी महाधिवेशनपछि हिमाल, पहाड र तराई मधेसको पार्टी बनेको जिकिर गर्दै अध्यक्ष गच्छदारले महाधिवेशनको बन्द शत्रले सबै भाषा, जाति, धर्म, संस्कृति, वर्गबाट केन्द्रय समितिको सदस्यमा निर्वाचित गरेकोले फोरम राष्ट्रिय पार्टी बनेको दावी गर्नुभयो ।

महाधिवेशनले अध्यक्षमा विजयकुमार गच्छदार र ४२ जनालाई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन गरेको छ । ९७ जना केन्द्रीय सदस्य रहने पार्टीको विधान अनुसार बााकी ५५ जना केन्द्रीय सदस्य अध्यक्ष गच्छदार सहित पार्टीका शीर्षस्थ तथा संस्थापक सदस्यहरुको सहमतिमा चयन गर्ने जनाइएको छ ।

पार्टीको नाम परिवर्तन गर्ने र केही निर्णयहरु चाँडै गरी घोषणा–पत्र जारी गर्ने जनाइएको छ । फोरम लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन वैशाख २० गतेदेखि २२ गतेसम्म विराटनगरमा भएको हो ।