१ कार्तिक २०८३, शनिबार

दिल्लीलाई हराउँदै पुणेको सानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vivo IPL 2016 M33 - DD v RPSमुम्बई, २४ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राइजिङ पुणे सुपरजाइन्ट्सले जित हात पारेको छ ।

पछिल्लो दुई सातामा चार खेलाडी घाइते भएको पुणे आठमध्ये ६ खेलमा हार व्यहोर्दै पुछारमा थियो । तर, फिरोज शाह कोटलामा अजिन्क्या रहाणे, रजित भाटिया र उस्मान खवाजाको मदतमा दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ ।

१६३ रनको लक्ष्य पछ्याएको पुणेले अन्तिम ५ बल बाँकी छँदा ३ विकेट गुमाएर १६६ रन बनायो । उसका लागि रहाणेले अविजित ६३ रन बनाए ।

४८ बलको सामना गरेकाउनले ७ चौका हानेका थिए । खवाजाले ३० रन बनाए । कप्तान एमएस धोनी २७ रनमा आउट भए ।

यसअघि पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि जेपी डूमिनीले ३४ रन बनाए ।

जितसँगै पुणे ९ खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ । ८ खेलबाट १० अंक जोडेको दिल्ली तेस्रो स्थानमा कायमै छ । – एजेन्सी