काठमाडौ, २३ वैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्गले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमति बन्ने बढी सम्भावना रहेकोले काग्रेसले सहमतिको सरकार गठनको मार्ग चित्र स्वरुप प्रचण्डको नाममा सरकार गठनको प्रस्ताव गरेको स्पष्ट पार्दै काग्रेसले प्रचण्डलाई प्रस्ताव गरिसकेकोले अब एमालेले सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गरे पनि काग्रेस नबहकिने दावी गरे ।
उनले भने, ‘यो सरकारमा संविधान कार्यान्वयन हुन नदिने संविधान विरोधीहरु छ त्यसैले यो सरकारमा कांग्रेस जानु फेरि पनि संविधान कार्यान्वयनमा बाधक बन्नु हो । संविधान कार्यान्वयनको बाधक सरकार भएकोले काग्रेस त्यसको मतियार बन्न अहिलेको सरकारमा जाँदैन ।’
गुरुङले हिजो सहमतिको सरकार बनाउने विषयमा कांग्रेसबाट केही कमजोरी भएकोले त्यसलाई सुधार्न सहमतिको सरकारको मिलन विन्दुको रुपमा प्रचण्डको नाममा सहमति गरेको दावी गरे ।
उनले संविधान कार्यान्वयन, पुर्ननिर्माण, कालोबजारी नियन्त्रण र जनताको चाहना पुरा गर्ने हिसावमा सरकार पूर्ण रुपमा असफल भएकोले पनि सहमतिको सरकारको लागि कांग्रेसले मार्गचित्र प्रस्तुत गर्नु परेको जिकिर गरे ।













प्रतिक्रिया