काठमाडौं, २३ वैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मोरङमा विपन्न वर्गका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्न ११० वटा ट्यूववेल जडान गरिदिएको छ ।
“संस्थागत सामाजिक दायित्व” अन्तर्गत बैंकले मोरङ्ग जिल्लाको डायनिया गाविसमा आर्थिक र सामाजिक रुपमा पिछडिएका मुसहर (ऋषिदेव) र गुणी (माझी/सहनी) वस्तीमा स्वच्छ खानेपानीको व्यवस्था गर्न उक्त वस्तीमा रहेका लक्षित समुदायहरुका लागि ११० वटा ट्यूववेल (सतह खानेपानीका लागि ह्याण्ड पम्प) जडान गर्ने कार्य गरेको हो ।
बैंकको व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौलाको सभापतित्वमा आयोजित उक्त धारा जडान कार्यको विधिवत समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणी सिवाकोटीले गर्नु भएको छ ।
बैंकका प्रवक्ता बन्दना पाठकका अनुसार ११० वटा ट्यूववेल जडान गरे पश्चात उक्त लक्षित समुदायका ३२३ घरधुरीका जनसंख्याले प्रत्यक्ष लाभ लिनेछन् ।
बैंकले आगामी दिनमा पनि देशको विभिन्न स्थानमा रहेका पिछडिएका समूहलाई सहयोग पुरयाउले गरि यस्ता कार्यक्रमहरु गर्दै जाने बैंकका का.मु. कार्यकारी अधिकृत रमेश राज अर्यालले जानकारी दिनुभयो ।
















प्रतिक्रिया