१ कार्तिक २०८३, आइतबार

एमाले र एमाओवादीको संयुक्त विज्ञप्ति आउँदै, असमझदारी ‘क्लियर’ गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Oli

काठमाडौं, २३ वैशाख । एमाले नेतृत्वको वर्तमान सरकार परिवर्तन गरी आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेसँगै दुबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् ।

एमाले र एमाओवादीबीचका असमझदारी क्लियर गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई नै दिगो बनाउने प्रतिबद्धतासहित दुबै दलको संयुक्त विज्ञप्ति आजै साँझ आउने एमाओवादीतर्फबाट शिक्षामन्त्री गिरीराजमणी पोखरेलले जानकारी दिए ।

संयुक्त विज्ञप्तिमा पछिल्लो राजनीतिक परिस्थिति र दुई दलबीचका समझदारी स्पष्ट पारिनेछ ।

हिजो मात्रै एमाओवादीले नेपाली कांग्रेसको समर्थनमा ओली सरकार ढालेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट २४ घण्टा नवित्दै एमाओवादी विहीबार विहान ब्याक भएको थियो ।