काठमाडौं, २३ वैशाख । एमाले नेतृत्वको वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेपछि भारतको खुसी लुटिएको छ ।
किनकि प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने योजना भारतकै थियो । भारतकै योजनाअनुसार नेपाली कांग्रेस एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन तयार भएको थियो ।
तर, अचानक एमाओवादीले विभिन्न कारण देखाएर तत्कालै एमाले नेतृत्वको सरकार नछाड्ने निर्णय कांग्रेसलाई सुनाएको छ । यो निर्णयले सबैभन्दा बढी पीडा दिल्लीलाई भएको विश्लेषकहरु बताउँछन् ।
दिल्लीमा यसरी बनेको थियो नयाँ सरकारको समिकरणः
दिल्लीस्थित उच्च स्रोतका अनुसार प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय दिल्लीमै भएको हो । जून केही मात्रामा काठमाडौंमा पछिल्ला घटनाक्रमले प्रष्टसँग देखाएको छ ।
कुनै पनि हालतमा केपी ओली नेतृत्वको सरकालाई निरन्तरता दिने पक्षमा नरहेको भारतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई हातमा लिएर मौका हेर्दै भित्रभित्रै ओली सरकार विकल्प खोजिरहेको थियो । कांग्रेस हातमा आएपछि अब एमाले सरकारको प्रमुख साझेदार एमाओवादीलाई आफ्नो विश्वासमा लिन भारत लागिपरेको थियो । जून प्रयास सफल भएरै छाड्यो । एमाओवादी अध्यक्षलाई विश्वासमा लिएपछि दिल्लीमै नयाँ समिकरणको बोलियो आधार तयार भयो ।
यो समिकरण कांग्रेस सभापति शेरबहादुर देउवा श्रीमतीको उपचारको बहानामा दिल्ली गएका बेला बन्यो । देउवासँग भारतीय संस्थापन पक्षले ओली सरकार परिवर्तन गर्न एमाओवादी र कांग्रेस गठबन्धन बनाउन दबाब दिएको थियो । त्यही बेला भारतले प्रचण्डलाई पनि बोलायो । तर, प्रचण्ड आफैं नगएर आफ्ना नजिकका विश्वास पात्र कृष्णबहादुर महरालाई पठाए । देउवा र महरालाई राखेर भारतको संस्थापन पक्ष(दिल्ली)ले कांग्रेस–एमाओवादी गठबन्धन बनाउन दबाब दियो । भारतको यो दबाबलाई दुबैले सकारात्मक रुपमा लिए । ओली सरकार फाल्न एमाओवादी र कांग्रेस तयार भए ।
तर, नेतृत्व कसले गर्ने भन्ने विषयमा दुबैले अडान राखेपछि भारतकै सल्लाहमा बीचको बाटोमा हिड्ने सहमति भयो । भारतले पहिला देउवा नेतृत्वमा सरकार गठन गर्नुपर्ने र त्यसपछि प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गर्यो । तर, एमाओवादीले पहिलो नेतृत्व आफूले पाउनुपर्ने अर्काे अडान राख्यो । त्यसपछि भारतकै रहोवरमा पहिलो नौ महिना प्रचण्डले र बाँकी नौ महिना देउवाले नेतृत्व गर्ने सहमति एमाओवादी र कांग्रेसबीच भएपछि दिल्लीमै नयाँ समिरण तयार भयो ।
एमाओवादीलाई कांग्रेससँग नजिक हुने अर्काे कारण बन्यो द्वन्द्वकालीन मुद्दा । जून ओली सरकारमा रहँदा अप्ठेरो अवस्थामा थियो । एमाओवादी नेताहरु जेल जानुपर्ने अवस्था आउन लागेको देखियो। स्रोतका अनुसार पहिलो नौ महिना भारतको सहयोग लिएर प्रचण्ड प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला द्वन्द्वकालीन मुद्दा टुंग्याउने त्रिपक्षीय सहमति पनि दिल्ली भएको थियो ।
कांग्रेसलाई हातमा लिएर मुश्कीलले एमाओवादीलाई पनि ‘कन्भिन्स’ गराएर आफ्नो हातमा लिएको भारतले आफूले भनेजस्तैगरी सरकार परिवतर्नको कोर्स सुरु भइरहँदा अचानक प्रचण्ड पछि हटेपछि दिल्लीको खुसी लुटिएको हो । प्रचण्डको यो कदमसँगै ओली सरकार ढाल्ने भारतको योजना असफल भएको छ ।
यता भारतीय सञ्चारमाध्यमले पनि आफ्नो समाचारमा भारतकै योजनाअनुसार नेपालमा सरकार परिवर्तन हुन लागेको र प्रचण्ड प्रधानमन्त्री बन्न लागेको संकेत गरेका छन् । लेखेका छन्– ‘नेपालकी ओली सरकार पर आया प्रचण्ड । संकटमा नेपालकी ओली सरकार, प्रचण्ड बन सकते हैँ पीएम । नेपाल में प्रधानमंत्री खड्ग प्रसाद शर्मा ओली के नेतृत्व वाली सात महिने पुरानी सरकार संकट में घिर गई है ।’
यस्ता छन् भारतीय मिडियाका हेडलाइनः


















प्रतिक्रिया