२५ कार्तिक २०८३, बुधबार

अन्ततः एमाओवादी अध्यक्ष प्रचण्ड पछि हटे, तत्काल नयाँ सरकार नबन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Prachanda

काठमाडौं, २३ वैशाख । वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको वार्तामा एमाओवादीले तत्काल एमाले नेतृत्वको सरकार छाड्न नसकिने बताएपछि प्रधानमन्त्री ओलीको संकट तत्कालका लागि टरेको छ ।

एमाओवादीले प्रचण्डको नेतृत्वमा सहमतीय सरकार बनाउन खोजेको तर, एमालेले नीति तथा कार्यक्रम र बजेट पास नगरी सरकार नछाड्ने र नयाँ सरकारमा साथ पनि नदिने भनेपछि सरकार परिवर्तनको चरणबाट एमाओवादी बाहिरिएको हो ।

प्रचण्ड र देउवाबीचको बैठकमा कांग्रेसका तर्फबाट सहभागी नेता रमेश लेखकले वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने देउवाको प्रस्ताव प्रचण्डले अहिले आएर अस्वीकार गरेको बताए । उनले भने- ‘सबैको सहमति भएन भन्दै प्रचण्ड पछि हट्नुभयो । अन्तिममा धोकाजस्तै भयो ।’

यसअघि बुधबार राति बालुवाटारमा बसेको एमाले र एमाओवादीको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई नीति तथा कार्यक्रम र बजेट पास गर्न दिनुपर्ने शर्त राख्दै जेठ १५ सम्म कुर्न आग्रह गरेका थिए । त्यसपछि एमालेले नै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्छ भनेका थिए ।