१ कार्तिक २०८३, आइतबार

ओलीको प्रस्ताव प्रचण्डद्धारा ठाडै अस्वीकार, लाजिम्पाटबाट बामदेव रित्तो हात फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Prachandaकाठमाडौं, २३ वैशाख । सरकार परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्वीकार गरेका छन् ।

एमाओवादीका एक नेताका अनुसार प्रधानमन्त्री ओलीको सन्देश लिएर एमाले उपाध्यक्ष वामदेव गौतम आज विहानै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । त्यहाँ पुगेर उनले नीति तथा कार्यक्रम र बजेट ल्याउने दिनसम्म कुर्न गरेको आग्रहलाई प्रचण्डले ठाडै अस्वीकार गरेका थिए ।

त्यसक्रममा प्रचण्डले आफूहरु कांग्रेससहित राष्ट्रिय सहमतिको सरकारको दिशामा अघि बढिसकेकाले सहयोग गर्न उल्टै एमालेलाई आग्रह गरेका थिए ।