२५ कार्तिक २०८३, बुधबार

सशस्त्रद्वारा फेवातालबाट ३० जनाको सकुशल उद्धार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कास्की, २३ वैशाख । हावाहुरीका कारण फेवाताल पार गर्न नसकेका ३० जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

बुधबार बेलुका अचानक आएको हावाहुरीका कारण फेवाताल पार गर्न नसकी उनीहरू अलमलिएका थिए ।

तालभित्र रहेको मन्दिर दर्शन गर्न गएकाहरू फेवातालमा छाल आई ताल पार गर्न नसकेको भन्ने थाहा पाउना साथै उद्धार कार्यको लागि एपीएफ टोली खटिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

फेवातालमा हुनसक्ने जोखिमलाई ध्यानमा राखेर फेवाताल रेस्क्यु टावरमा एपीएफ टोली खटिँदै आएको छ । सो टोलीले मोटरबोटको सहायताले उनीहरुको उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली आवश्यक उद्धार सामाग्रीसहित त्यसठाउँमा तैनाथ रहेको छ ।