काठमाडौं, २३ वैशाख । राष्ट्रपति विद्यादेबी भण्डारीले कूटनीतिक अभ्यासविपरित आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छिन् ।
सरकारले औपचारिक घोषणा गर्नु अगाबै राष्ट्रपति भण्डारीले वैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सर्वाजनिक गरेकी हुन् ।
शीतल निवासमा बुधवार केही पत्रकारमाझ उनले आफ्नो भ्रमण नेपाल भारतबीचको आपसी सम्बन्ध सुदृढ गर्न र असमझदारी हटाउन केन्द्रित हुने बताएको नागरिक दैनिकले समाचार छापेको छ ।
त्यतिमात्र होइन, भ्रमणले दुई देशबीचको सदभाव बढाउने दाबी समेत गरिन् ।
‘मेरो भ्रमणको उदेश्य नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनु र असझदारी हटाउनु हो’, उनले भनिन्, ‘यही उदेश्यअनुसार भ्रमण तयारी भइरहेको छ । भ्रमणको औपचारिक निर्णय र घोषणा हुन भने बाँकी छ ।’
राष्ट्रप्रमुखले गर्ने विदेश भ्रमणको सम्बन्धित देशका सरकारले औपचारिक घोषणा गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
यस्तो भ्रमणको दुवै देशले आपसी समझदारीमा मिति तय गरेपछि त्यसलाई मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने हुन्छ ।















प्रतिक्रिया