१ कार्तिक २०८३, आइतबार

नक्कली डाक्टर, इन्जिनियरपछि पाइलट पनि नक्कली, गोमा एयरका को-पाइलट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalipilot-1काठमाडौं, २२ वैशाख । नक्कली डाक्टर र इन्जिनियर धमाधम समातिरहेको प्रहरीले नक्कली पाइलट समेत पत्ता लगाएर पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट ललितपुर महालक्ष्मी नगरपालिका–१० टिकाथली बस्ने धनुषा भरतपुर–१ का ३६ बर्षीय बिशाल कार्कीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जले ललितपुर कुपण्डोलबाट मंगलबार पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बिमान चालकहरूसमेत विभिन्न वायुसेवाहरूमा कार्यरत रहेको भन्ने सूचनाको आधारमा छानविन गर्नुपर्ने देखिएकोले ब्यूरोले Operation Hawk  सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका बिमान चालकहरूको शैक्षिक प्रमाणपत्रहरू छानविन भइरहेको व्यूरोले जनाएको छ ।

सोही क्रममा बिज्ञान संकाय अन्तर्गत आइएस्सीको नक्कली प्रमाणपत्र पेश गरी फिलिपिन्समा पाइलट कोर्स पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत ईजाजत पत्र सिपीएल ए ४८६ प्राप्त गरेका कार्कीलाई व्यूरोले पक्राउ गरेको हो । कार्की गोमा एअरमा को–पाइलट रहेको बुझिएको छ ।

निज उपर सरकारी छाप दस्तखत कीर्ते ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ ।