काठमाडौं, २२ वैशाख । एकीकृत नेकपा माओवादीले सत्तारुढ दल नेकपा एमालेसँग अन्तिमपटक छलफल गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने बारेमा एमालेसँगको अन्तिम छलफल गर्ने निर्णय गरेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
उनले भने- सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौं । अन्तिम पटक एमालेसँग यी सबै विषयहरुमा अहिले नै छलफल गरेर टुंगो लाग्छ ।
बैठकमा सरकारको काम कारवाही, शान्ति प्रक्रिया र भूकम्प पीडितको आवासबारे छलफल भएको उनले बताए । ‘जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी सरकारले सरकारले काम गर्न नसकेको अवस्थामा हामीले त्यो सरकारलाई समर्थन गर्ने कि नगर्ने बारेमा हाम्रो गम्भीर छलफल भयो । यिनै विषयमा केन्द्रीत रहेर हामी एमालेसँग छलफल गर्छाैं’ उनले भने ।
एमालेसँग अन्तिम छलफल गर्ने पार्टीको निर्णयपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनी एमालेसँग अन्तिम पटक छलफल गर्न दलबलसहित त्यहाँ पुगेको प्रवक्ता शर्माले बताए ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया