२५ कार्तिक २०८३, बुधबार

लाजिम्पाटमा एमाओवादी स्थायी समिति बैठक जारी, सरकार परिवतर्नबारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pracjanda-Lazimpat

काठमाडौं, २२ वैशाख । वर्तमान सरकार ढालेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको एमाओवादीको स्थायी समिति बैठक जारी रहेको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा साँझ साढे ५ बजेपछि सुरु भएको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भईरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराका अनुसार नयाँ सरकार निर्माण र ओली सरकार हटाउनेबारे विस्तृत छलफल बैठकमा भइरहेको छ । बैठकमा पदाधिकारीसहित स्थायी समितिका सबै सदस्य सहभागी छन् ।