२५ कार्तिक २०८३, बुधबार

कांग्रेस र मधेसी मोर्चाको बैठक सकियोः देउवाको आकर्षक अफर, मधेसी नेता चुप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– विमल योगी
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई नयाँ सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज भएको वार्तामा कांग्रेसले मधेसी मोर्चालाई नयाँ सरकारमा सहभागी भइ आफ्ना मागलाई पूरा गराउन सुझाव दिएको हो । जवाफमा मधेसी मोर्चाले आफूले उठाएका ११ बुँदे मागलाई सम्बोधन गर्न कांग्रेसलाई आग्रह गरेको छ ।

वार्तापछि पत्रकारसँग कुरागर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरू मधेसका विषयमा आन्दोलनरत रहेको भन्दै ११ बुँदेका माग पूरा गर्न कांग्रेसलाई आग्रह गरेको बताउनुभयो । ‘हामी सरकारमा सहभागी हुनेभन्दा पनि हाम्रा ११ बुँदे मागका ध्यान दिन आग्रह गरेका छौँ’, उहाँले भन्नुभयो, ‘वार्ता चलिरहेको छ । ११ बुँदे माग पूरा गराउन भनेका छौँ ।’

कांग्रेसका नेता महेश आचार्यले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भइसकेकाले नयाँ सरकार बनाउन सबैको चासो रहेको देखिएको बताउनुभयो । उहाँले अब कसरी नयाँ सरकार बनाउने भन्ने विषयमा छलफल सरू भएको बताउनुभयो ।

कांग्रेसको आग्रहका सम्बन्धमा मधेसी मोर्चाले आन्तरिक छलफल गरेर जवाफ दिने जनाएको छ । नयाँ सरकारका विषयमा के गर्ने भन्ने विषयमा मधेसी मोर्चाको बैठक बसेर ठोस निर्णय लिइनेछ ।

वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला, चिनकाजी श्रेष्ठ, गोपालमान श्रेष्ठ तथा मधेसी मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरूको सहभागिता रहेको थियो ।