हेटौडा, २२ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार छाड्ने एकीकृत नेकपा माओवादीको निर्णय गलत भएको बताएका छन् ।
गृह जिल्ला मकवानपुरमा रहेका थापाले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको निर्णय थाहा पाएपछि हेटौडामा पत्रकार सम्मेलन गरी एमाओवादी र प्रचण्डमाथि खनिएका छन् ।
उनले प्रचण्ड पदको लोभमा परेको आरोप समेत लगाए । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि आँच आउने काम नगर्न प्रचण्डलाई सुझाव दिँदै सरकार फेर्ने निर्णयमा एकपटक राम्रोसँग सोचेर पुनर्विचार गर्न आग्रह गरेका छन् ।
‘सत्ताको यस्तो फोहोरी खेलले राजनीतिक अस्थिरता निम्तिने देखिन्छ । शान्ति स्थायित्व र आर्थिक समृद्धिको दिशातिर हामी अगाडि बढ्नुपर्छ न की सरकार परिवर्तन’ थापाले पत्रकार सम्मेलनमा भने ।












प्रतिक्रिया