२५ कार्तिक २०८३, बुधबार

एमाओवादीले ओली सरकार छाड्ने, कांग्रेससँग मिलेर सरकार बनाउने(विज्ञप्ति सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba & Puspakamal Dahalकाठमाडौं, २२ वैशाख । सत्तासझेदार एकीकृत माओवादीले एमाले नेतृत्वको वर्तमान सरकार छाड्ने संकेत गर्दै कांग्रेससहितका दलसँग मिलेर अर्को नयाँ सरकार बनाउने निर्णय गरेको छ ।

‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो’, विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ’, अध्यक्ष दाहालले भनेका छन् ।

विज्ञप्ति जारी गर्नुअघि एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा स्थायी समितिको बैठक बसेको थियो ।

 

CMPrachanda_PressStatement-073-01-22